अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५९ | Colorodo: 19:14

मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालनमा आउन अझै वर्ष भन्दा बढि समय लाग्ने

बिआरटीनेपाल २०७८ पुष २३ गते ७:२८ मा प्रकाशित

मेलम्ची खानेपानी वितरणको औपचारीक उद्घाटन भएको ४ महिना नवित्दै बाढी र पहिरोका कारण क्षति पुगेको मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालनमा आउन अझै वर्ष दिन भन्दा बढि लाग्ने भएको छ । सरकारले फास्ट ट्रयाकबाट पुनर्निर्माण गरी अस्थायी रुपमा काठमाडौं उपत्यकामा पानी ल्याउने योजना बनाएको छ ।

तर, आयोजनामा निकै ठूलो क्षति भएकाले यो वर्षभित्रै पानी आउने सम्भावना नभएको मेलम्ची खानेपानी आयोजना विकास समितिका सुचना अधिकारी राजेन्द्र प्रसाद पन्तले सीआईएनसँग बताउनुभयो । मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्सको संरचना २० देखि ३० फिटसम्म पुरिएको थियो ।

गत चैत्र ७ गते राष्ट्रपति विद्यादेवि भण्डारीले मेलम्ची खानेपानी वितरणको औपचारी उद्घाटन गर्नु भएको थियो । गत असारको पहिलो साता आएको बाढीले मेलच्ची आयोजनामा ठूलो क्षति पुर्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू