अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२९ | Colorodo: 19:44

डा. बाबुराम भट्टराईद्वारा प्रचण्डलाई बधाई

बिआरटीनेपाल २०७८ पुष २० गते ७:१४ मा प्रकाशित

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेकपा माओवादीको अध्यक्षमा पुनः चयन हुनुभएका पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिनुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले आज मङ्गलवार प्रचण्डलाई बधाई दिनुभएको हो । भट्टराईले लेख्नुभएको छ, ‘नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनद्वारा पार्टीको अध्यक्षमा पुनः निर्वाचित हुनुभएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई तथा शुभकामना ।

प्रतिगमन र यथास्थितिवादविरुद्ध लड्ने अग्रगमनकारी शक्तिहरूको सहकार्य र ध्रुवीकरणमा बल पुगोस् थप शुभेच्छा ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू