अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

गत २४ घण्टामा नेपालमा ३ लाख बढीले कोरोना भाइरस विरुद्धको खोप लगाए

बिआरटीनेपाल २०७८ पुष २० गते ७:०३ मा प्रकाशित

बितेको २४ घण्टामा ३ लाख बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ लाख १६ हजार ७७४ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् । खोप अभियान सुरु भएदेखि अहिले सम्म २ करोड ५२ लाख ७५ हजार २५४ जनालाई खोप लगाइएको छ भने त्यसमध्ये १ करोड ७ लाख १० हजार ७२१ जनाले पूर्ण डोज खोप लगाएका छन् ।

पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको परीक्षण गर्दा ३९३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २६३ जना निको भएका छन् । यस्तै बितेको २४ घण्टामा ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ८ लाख २९ हजार ६३२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार ३१८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यसमध्ये ८ लाख १२ हजार ९३७ जना सङ्क्रमण मुक्त भएका छन् । हाल सम्म ११ हजार ६०१ जनाको मृत्यु भएको छ । देशमा कोरोना निको हुने दर ९८ प्रतिशत रहेको छ भने क्वारेन्टाइनमा ९८ जना रहेका छन् । यस्तै देशभर सक्रिय सङ्क्रमित ५ हजार ९४ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू