अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

माओवादीको पहिलो केन्द्रीय कमिटी बैठकले पदाधिकारी टुङ्ग्याउन सकेन

बिआरटीनेपाल २०७८ पुष १९ गते ७:४१ मा प्रकाशित

पदाधिकारी चयन नगरि नेकपा माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटीको बैठक सकिएको छ । माओवादीको विधानअनुसार केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्नुपर्छ । तर आज सोमवार बसेको बैठक अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेर सकिएको छ ।

अर्को बैठक २५ गते बस्ने नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । आज तयारी नपुगेकाले अर्को बैठकले पदाधिकारी चयन गर्ने उहाँको भनाइ छ ।
विधानअनुसार माओवादीमा १५ जना पदाधिकारी हुनेछन् । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू