अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१५ | Colorodo: 23:30

“देशलाई एउटा राजनीतिक बिन्दुमा लैजाने अभिभारा मेरो काँधमा आयो” ः-अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७८ पुष १९ गते ७:३० मा प्रकाशित

नेकपा माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई एउटा राजनीतिक बिन्दुमा लैजाने अभिभारा आफ्नो काँधमा आइपरेको बताउनुभएको छ । सोमवार अध्यक्षमा पुनः सर्वसम्मत निर्वाचित भएपछि केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीलाई अझै सुदृढ गर्ने आवश्यकता महसुस गरि आफू अझै केही समय सक्रिय हुनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले आफू लामो समय पार्टी नेतृत्वमा रहेको र विभिन्न घटनाक्रमको नेतृत्व गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै इतिहासका गम्भीर मोडमा गम्भीर भूमिका खेल्ने अवसर पाएको चर्चा गर्नुभयो । पार्टीले सुम्पेको अबको जिम्मेवारी अझ बढी भारी भएको उहाँको भनाइ थियो । उहाँले आफूलाई अध्यक्षमा प्रस्ताव गर्ने, समर्थन गर्ने र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय कमिटी सदस्यलाई धन्यवादसमेत दिनुभयो ।

कतिपयले ‘प्रचण्ड नभए यो पार्टी के होला ?’ भन्ने प्रश्न गर्ने गरेको उल्लेख गर्दै उहाँले यो प्रश्न नै गलत रहेको बताउनुभयो । माओवादी एउटा विचार रहेको र यो विचार कुनै व्यक्तिसँग नभई सिंगो कम्युनिस्ट आन्दोलनको इतिहाससँग जोडिएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू