अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४५ | Colorodo: 20:00

गीतकार गीता खत्रीको ईश्वरलाई देखेँ भक्तिभजनको म्युजिक भिडियो बजारमा

बिआरटीनेपाल २०७८ पुष १७ गते १९:१९ मा प्रकाशित

प्रतीक मिडिया होमले भरखरै तयार गरेको गीतकार गीता खत्रीको ईश्वरलाई देखेँ भक्तिभजनको म्युजिक भिडियो बजारमा आएको छ । गीता खत्रीको यो दसौँ भक्ति भजन हो । यो भजनलाई स्वरले सिंगार्ने ७० वर्षीय कर्ममाया श्रेष्ठ हुनुहुन्छ भने वरिष्ठ सङ्गीतकार हरि लम्सालले यसलाई सङ्गीतबद्ध गर्नु भएको छ । त्यसै गरी मोडलको भूमिका निरुताले निभाउनु भएको छ ।

यस म्युजिक भिडियोलाई रमेश कोइरालाले आफ्नो निर्देशनमा तयार पार्नु भएको हो भने क्यामेराम्यान रविचन्द्र कोइराला हुनुहुन्छ । हेर्न नभुल्नु होला ।

प्रतिक्रिया