अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३२ | Colorodo: 14:47

‘ए रिमै पन्चे बाजा बजाई’ भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७८ पुष १७ गते १८:३६ मा प्रकाशित

काठमाडौँ। गायक विवश बस्नेत र पूर्णिमा लामाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘ए रिमै पन्चे बाजा बजाई’ बोलको पन्चे बाजा गीतमा शब्द तथा सङ्गीत दीपक शर्माको रहेको छ। नरेन्द्र वियोगीले सङ्गीत संयोजन गरेको गीतमा पछिल्लो समयका व्यस्त मोडल तथा कोरियोग्राफर सुनिल क्षेत्री फिचर्ड छन्। भिडियोमा क्षेत्रीको साथमा विनीता परियार,महादेव त्रिपाठी र सुनिता फिचर्ड छन्।

पवन सुस्लिङ्गले छायाङ्कन तथा सम्पादन गरेको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी र निर्देशन रहेको छ। भिडियो डिएआर मुभिजको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। माघ महिना लगनको महिना नजिकदै गर्दा पन्चे बाजागीतको भिडियो दर्शक श्रोताले मन पराउनेमा निर्माण टिम ढुक्क रहेको छ।

प्रतिक्रिया