अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०९ | Colorodo: 07:24

दार्चुला–टिंकर सडक निर्माणका क्रममा भारतीय पक्षबाट हुने अवरोध रोक्न प्रधानमन्त्री कार्यालयलाई निर्देशन

बिआरटीनेपाल २०७८ पुष १६ गते ७:३८ मा प्रकाशित

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले दार्चुला–टिंकर सडक निर्माणका क्रममा भारतीय पक्षबाट हुने अवरोध रोक्न प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, कर्णाली करिडोर खुलालु–लैफु–सलिसल्ला तथा दार्चुला टिंकर कोठधार टिंकर सडकखण्डको नेपाली सेनाका आयोजना प्रमुख लगायतसँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो ।

समितिमा भएको छलफलमा नेपाली सेनाका प्रतिनिधिहरूले दार्चुला टिंकर सडक खण्डको सडक रेखाङ्कन महाकाली नदीको किनारमा भएकोले अधिकांश स्थानहरुमा पहाडका ढुङ्गा फुटाउदा ढुङ्गाका टुक्राहरू सिमापारी जाने भएकोले समय–समयमा भारतीय पक्षबाट अवरोध हुने गरेको बताएका थिए । समितिले सो ट्रयाक निर्माणमा भारतीय पक्षबाट काम प्रभावित हुने देखिएको भन्दै समितिले भारतीय पक्षसँग समन्वय गरी निर्वाध रुपमा काम गर्ने वातावरण तयार गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, रक्षा मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू