अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४९ | Colorodo: 02:04

प्रमोद खरेलको नयाँ गीत बजारमा

बिआरटीनेपाल २०७८ पुष ११ गते ८:०१ मा प्रकाशित

प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । लक्ष्मण पोखरेलको शब्द र सङ्गीत रहेको ‘आँसु दिएर’ बोलको गीत सार्वजनिक भएको हो । हाइ नोट नामक युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

देवेन्द्र कुँवरले निर्देशन गरेको उक्त म्युजिक भिडियोको छायाङ्कन देव पुनले गरेका हुन् । म्युजिक भिडियोमा रुपेशराज खड्का, प्रेम लामा र अस्मिता राउतलाई फिचरिङ गरिएको छ ।

मनोज चौंलागाईंले एरेन्ज गरेको गीत एक्वेस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतको रेकर्डिस्ट राजबाबु थारु हुन् भने मिक्सिङ मास्टरिङ प्रकाश मिश्रले गरेका छन् । सार्वजनिक गीतको भिडियोमा नरोत्तम पाण्डे र श्याम कार्कीकोे सम्पादन र रङ्ग संयोजन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू