अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५३ | Colorodo: 09:08

एमसीसी राष्ट्रको हितमा छैन, अघि बढाउन सकिँदैन – पूर्वराजदूत पौडेल

बिआरटीनेपाल २०७८ पुष १० गते ६:३९ मा प्रकाशित

पूर्वराजदुत लिलामणि पौडेलले एमसीसी राष्ट्र हितमा नरहेकाले अघि बढाउन नसकिने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले अन्य मुलुकको सर्त लागू हुनेगरी राखिएको शर्तहरू, सुरक्षासँग सम्बन्धित खतरानाक शर्तहरू एमसीसीमा रहेकाले त्यसलाई स्वीकार गर्दा मुलुक अन्य मुलुकको बन्दी बन्नुपर्ने अवस्था आउने खतरा औल्याउनुभयो ।

नेपाल सरकारका पूर्वमुख्यसचिव समेत रहनुभएका पौडेलले मुद्दा मामला झेल्नुपर्ने डरले सो सम्झौता संसदबाटै पारित गराउन चाहेको दाबी गर्नुभयो । नेपालको हित प्रतिकूल हुने खालका सम्झौंताहरू हटाइए एमसीसी मानेर अघि बढ्न सकिने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू