अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३९ | Colorodo: 06:54

एमसीसी नेपालले नै प्रस्ताव गरेको हो, हामी सकारात्मक हुनुपर्छ – गृहमन्त्री खाण

बिआरटीनेपाल २०७८ पुष १० गते ६:३६ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाणले एमसीसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना भएकाले यसबारे सबै नेपालीले सकारात्मक हुनुपर्ने बताउनुभएको छ । गोरखामा पत्रकारहरुसँग कुरा गर्दै उहाँले एमसीसीका बारेमा सत्तागठबन्धनका दलहरुबीच साझा धारणा बनाउन पहल भैरहेको जानकारी दिनुभयो । संसदबाट उक्त प्रस्ताव पास गर्नुपर्नेमा पनि उहाँको जोड छ ।उहाँले एमसीसी प्रस्ताव संसदमा पेस गर्नका लागि साइत हेरिरहनु नपर्ने पनि बताउनुभयो ।

यस्तै फरक प्रसंगमा मन्त्री खाणले निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमा स्थानीय तहको चुनाव गराउनेबारे सरकारले छलफल थालेको पनि बताउनुभयो । सबै तहको निर्वाचन एकै चरणमा पर्ने गरि आयोगले प्रस्ताव गरेमा सुरक्षा लगायतका व्यवस्थापनका काममा सरकार सक्षम रहेको उहाँको भनाइ छ । गृहमन्त्री खाण गोरखा उद्योग वाणिज्य संघको ४६ औं वार्षिक साधारणसभा र १६ औं अधिवेशनको उद्घाटन गर्न गोरखा जानुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू