अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

नेपाली सेना कङ्गो प्रस्थान

बिआरटीनेपाल २०७८ पुष ८ गते ७:०० मा प्रकाशित

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली सेना कङ्गो प्रस्थान गरेको छ । सेनानी रञ्जीत थापाको नेतृत्त्वमा पहिलोपटक क्वीक रियाक्सन फोर्स कम्पनी (शान्ति सेना) सहभागी भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । पहिलो डफ्फा, मेन बडीमा ८ महिला सैनिकसहित २ सय १० नेपाली शान्ति सैनिक यूएन चार्टर्ड फ्लाइट इथियोपियन एयरलाइन्समार्फत काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् ।

योसँगै मोनुस्को मिसन कङ्गोमा शान्ति स्थापनार्थ सेनाको थप एक कम्पनी तैनाथ भएको छ । कोभिड–१९ महामारीका बाबजुद पनि शान्ति स्थापनाकार्यलाई निरन्तरता दिने नीतिअनुरूप प्रस्थानको दौरान सम्पूर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको सेनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू