अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

गुरुङ भाषाको चलचित्र ‘फिच्यो’ को प्रदर्शन

बिआरटीनेपाल २०७८ पुष ४ गते ८:०० मा प्रकाशित

गुरुङ भाषाको चलचित्र ‘फिच्यो’ को विशेष प्रदर्शनी गरिएको छ । रेड ओशिय ईन्टरटेन्टमेन्टको प्रस्तुति विकाश घले गुरुङद्वारा निर्देशित ‘फिच्यो’ को विशेष प्रदर्शनी सामाखुसीस्थित रानीदेवी पार्टीप्यालेशमा भएको थियो ।

उक्त समारोहमा चलचित्र हेर्न तमु कलाकार सङ्घका निवर्तमान अध्यक्ष राजु गुरुङ, लमजुङ घले समाजका अध्यक्ष द्रुतराज घले, गायक एवं सञ्चारकर्मी सहज कुमार घले, वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय, उत्तरी गोरखा सांस्कृतिक समाजका अध्यक्ष सुनिला गुरुङ, गुरुङ फिल्मका अभिनेता बुद्ध गुरुङ, आनन्द गुरुङ, गायक तथा सङ्गीतकार आँसु लामा, निर्देशक जनक गुरुङ एवं सङ्गीतकार सन्तोष श्रेष्ठको सहभागिता रहेको थियो । सो अवसरमा अतिथिहरूले चलचित्रलाई शुभकामना दिएका थिए ।

चलचित्रमा विश्वास गुरुङ, काशी घले(इन्द्र), सु.मन्त्रीजंङग गुरुङ, टिकाराम घले, सितादेवी गुरुङ, कल्याण थापामगर, कृष्ण गुरुङ, डिवी गुरुङ, विरूप घले, पेम्बाछिरिङ शेर्पा, अञ्जना गुरुङ र सृजना गुरुङको प्रमुख भूमिका रहेको छ । चलचित्रलाई विकाश घले गुरुङले निर्देशन गरेका छन् भने निर्माताका रूपमा शान्ति गुरुङ सु.मन्त्री गुरुङ, बुद्धिमाया गुरुङ एवं अभिन्यास माङसुम रहेका छन् । ‘फिच्यो’ को सह–निर्देशन सोम गुरुङ हुन् भने छायाङ्कन प्रकाश गुरुङले गरेका छन् ।

उक्त चलचित्रमा सङ्गीत सन्तोष श्रेष्ठ र गणेश गुरुङको रहेको छ भने मेलिना राई, अञ्जना गुरुङ, सुवास गुरुङ र अभिन्यास माङसुमको पार्श्व स्वर रहेको छ । त्यस्तै गोरे गुरुङको निर्देशनको नृत्य निर्देशन, तारा थापा किम्बेको सम्पादन, सम्राट् थापाको पाश्र्वसंगीत रहेको छ । ‘ फिच्यो’ लाई यसपछि अमेरिकाका विभिन्न स्थानमा विशेष प्रदर्शनी गर्ने तय भइसकेको छ ।

प्रतिक्रिया