अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 04:01

रानी र अलिफको युगल स्वरमा ‘यस्तो माया ‘सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७८ पुष ४ गते ७:५६ मा प्रकाशित

लोकप्रिय गायिका रानी शाक्य र गायक अलिफ खानको युगल स्वरमा समावेश ‘यस्तो माया ‘गीत सार्वजनिक भएको छ । गीतकार निशा अर्यालको शब्द रचना र दीपक शर्माको सङ्गीत रहेको गीतमा रिदम कँडेलको एरेन्ज रहेको छ ।

नेपालकै उत्कृष्ट पर्यटकीय स्थलका रूपमा परिचित दोलखाको खरीढुंगा,मुडे र कालिन्चोकमा छायाङ्कन गरिएको रोमान्टिक गीत ‘यस्तो माया ‘ भिडियोमा नायिका नम्रता सापकोटा र कमल सिंहको अभिनय रहेको छ ।

रायन कार्कीको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र विष्णु खड्काको सम्पादन रहेको छ । भिडियोलाई गायिका रानी शाक्यको युट्युब च्यानल (Rani Shakya) मार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया