अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

अस्ट्रेलियामा देखाइँदै ऋषिको ‘चुरीफुरी’

बिआरटीनेपाल २०७८ पुष ४ गते ७:३६ मा प्रकाशित

काठमाडौँ, ‘चुरीफुरी’ फिल्मको अस्ट्रेलिया प्रदर्शन अधिकार महँगो रकममा बिक्री भएको छ । आउँदो शुक्रवार अर्थात् ९ पुसबाट देशव्यापी प्रदर्शनमा आउन लागेको हास्य प्रदान समाजीक फिल्म ‘चुरीफुरी’ को अस्ट्रेलिया राइट बेलेक ब्रोस इन्टरटेन्मेन्टले लिएको र आफूहरूबिच आइतबार सम्झौता भएको जानकारी निर्माता,निर्देशक ऋषिराज आचार्यले दिएका छन् ।

हास्यकलाकारहरु रवीन्द्र झा,सिसिर भण्डारी,दीपक आचार्य (काकु), सुरवीर पण्डित (दारी बा),पवन खतिवडा (म्याकुरी),सुबोध गौतम (एदुमे) लगायत नवकलाकार अभिषेक श्रेष्ठ, सोन बज्राचार्य, पूजा पन्त,राजीवजंग बस्नेत,रिन्जिन गुरुङ,तुलसीप्रसाद श्रेष्ठ,सुनिता श्रेष्ठ,राजेन्द्र खाती,जोया ढकाल, ऋतु आचार्यलगायतका कलाकारको अभिनय रहेको फिल्म कतिमा बेचिएको हो, त्यो भने निर्देशकले खुलाउन चाहेनन् । ‘वर्तमान परिप्रेक्ष्यमा महँगै रकममा सम्झौता भएको छ,’ उनले भने,‘उहाँहरूले फिल्मको ट्रेलर तथा गीत हेरेर प्रदर्शनका लागि इच्छा देखाउनु भएको थियो । आज सम्झौता भयो ।’ ‘चुरीफुरी’ केही समयभित्रै अष्ट्रेलियका विभिन्न सहरमा प्रदर्शन गरिने जानकारी उनले दिएका छन् ।

निर्देशक ऋषिराजकै लेखन रहेको फिल्म राहुल राईले खिचेका हुन भने नवीन निरौलाको सम्पादन छ । दीपक शर्माको सङ्गीत रहेको फिल्मको गीतको भिडियोग्राफी भीम फेदी गाइजले गरेको हो । डिसिएनले वितरण गर्ने फिल्म अष्ट्रेलियालगतै अमेरिका, कतार,जापान लगायतका देशमा पनि प्रदर्शन हुने बताइएको छ । निर्देशक स्वयमका साथमा रिना ढकाल (भण्डारी) निर्माता रहेको फिल्मको सह निर्मातामा विमला भुसाल,राजेन्द्र खाती,शिव थापा र खेमराज भण्डारी छन् ।

प्रतिक्रिया