अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

पार्टीलाई एकताबद्ध बनाउन कांग्रेस नेता पौडेलको आग्रह

बिआरटीनेपाल २०७८ पुष १ गते ७:२१ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गर्नुभएको छ । आज रामचन्द्र पौडेलले नवनिर्वाचित उपसभापति धनराज गुरुङसँग भेट गर्नुभएको थियो । उक्त भेटमा पौडेलले पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचन जित्नुपर्ने बताउनुभएको थियो।

उपसभापति गुरुङलाई बधाई दिँदै नेता पौडेलले पार्टीलाई एकताबद्ध बनाउने र विधिसम्मत चलाउने काम गर्न सुझाव दिनुभएको थियो।नेता पौडेलले आफू र महामन्त्री डा. शशाङ्क कोइराला पार्टीलाई एकताबद्ध बनाउने र पार्टीभित्र सद्भाव कायम गर्ने अभियानमा लागेको बताउनुभएको थियो।

भेटमा नवनिर्वाचित उपसभापति गुरुङले आफू पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचनमा विपक्षीसँगको प्रतिस्पर्धामा अब्बल बनाउनुपर्ने बताउनुभएको थियो। उपसभापति गुरुङले पार्टीलाई गुटबन्दीबाट मुक्त बनाउने अभियानमा आफू लाग्ने बताउनुभयो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू