अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

बाग्मती प्रदेशमा मन्त्रीपरिषद बिस्तार

बिआरटीनेपाल २०७८ मंसिर २८ गते ६:४६ मा प्रकाशित

बाग्मती प्रदेशमा मन्त्रीपरिषद बिस्तार भएको छ । आज मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रीपरिषद बिस्तार गर्नुभएको हो । मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रबाट तीन जना मन्त्री र नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री तथा एक राज्यमन्त्री थप गर्नुभएको छ । माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

त्यस्तै एकीकृत समाजवादी पार्टीका बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिचाइमन्त्री र बसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेका छन् । यसैगरि इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बन्नुभएको छ । अझै पनि नेपाली काँग्रसको तर्फबाट मन्त्रीहरु बनाईएको छैन । काँग्रेस महाधिवेशनमा व्यस्त भएकाले मन्त्रीको सूची प्राप्त नहुँदा समेट्न नसकिएको बताईएको छ । बर्तमान सत्ता पक्षिय गठबन्धबाट पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू