अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५९ | Colorodo: 09:14

कांग्रेसको महाधिबेशनमा शेखर कोईरालाद्धारा प्यानलसहित उम्मेद्वारी

बिआरटीनेपाल २०७८ मंसिर २५ गते ७:२७ मा प्रकाशित

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि शेखर कोइरालाले प्यानलसहित उम्मेदवारी दिनुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा साझा उम्मेदवार खडा गराउन नसेकपछि कोइराला आफैं अघि सर्नुभएको हो । कोइरालाले सभापतिमा उम्मेदवारी दिनुभएको छ भने उहाँको प्यानलको उपसभापति पदका लागि धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दिनुभएको हो ।

यस्तै महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजालले उम्मेदवारी दिनुभएको छ । सहमहामन्त्री देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त रामृष्ण यादव तेजुलाल चौधरी र वकिल मियाँ उम्मेदवार बन्नुभएको छ । चालिसे खसआर्यबाट, लामा जनजाति, पन्त महिला, यादव मधेसी, चौधरी थारु समुदायबाट र मियाँ मुस्लिम समुदायबाट उम्मेदवार बन्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू