अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२५ | Colorodo: 05:40

कांग्रेस महाधिवेशनको आचारसंहिता- सानेपा र भृकुटीमण्डपमा प्रचार गर्न रोक, मतदानस्थलमा मोबाइल प्रतिबन्ध

बिआरटीनेपाल २०७८ मंसिर २२ गते ७:०६ मा प्रकाशित

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि निर्वाचन समितिले आचारसंहिता जारी गरेको छ ।आचारसंहिताअनुसार उम्मेदवारले प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपिल वितरण गर्न सक्ने, कसैको व्यक्तिगत चरित्रमा लाञ्छना लाग्ने गरी प्रचार गर्न नपाइने उल्लेख छ ।

यस्तै केन्द्रीय कार्यालय वीपी स्मृति भवन सानेपा, भृकुटीमण्डप र राष्ट्रिय सभा गृह कांग्रेसको महाधिवेशन क्षेत्र भएकाले यी ठाउँको पाँच सय मिटर वरपर चुनावसँग सम्बन्धित भित्ते लेख, तुल, ब्यानर, पर्चा पम्प्लेट, माइकिङ लगायतका प्रचारप्रसार गर्न पाइने छैन । त्यस्तो गरेको पाइएमा निर्वाचन समितिले हटाउनेछ ।

यस्तै मतदानस्थल भृकुटीमण्डप र राष्ट्रिय सभा गृह भित्र मोबाइल फोन प्रतिबन्ध गरिएको पनि केन्द्रीय निर्वाचन समितिले जनाएको छ । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि काठमाण्डौमा सुरु हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू