अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२५ | Colorodo: 14:40

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति आवश्यक – बोर्ड सिईओ रेग्मी

बिआरटीनेपाल २०७८ मंसिर २२ गते ६:५६ मा प्रकाशित

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय पुनरुत्थान रणनीतिक योजना कार्यशाला गोष्ठीमा बोल्दै प्रमुख कार्यकारी अधिकृत रेग्मीले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले नयाँ पुनरुत्थान नीतिमा सबै वर्गका व्यवसायीहरूलाई समेट्ने गरी रणनीतिक योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख कार्यकारी अधिकृत रेग्मीले कोरोना महामारीका बेला सरकारले पर्यटन व्यवसायीहरूलाई दिने भनेको सेवा सुविधा पाउनुपर्ने व्यवसायीहरूले नपाएको गुनासो समेत गर्नुभयो । कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नीति सल्लाहकार धर्म स्वर्णकारले पर्यटनको विकासले रोजगारी सिर्जना हुने भएको बताउनुभयो । पर्यटन कृषि र मनोरञ्जन क्षेत्रसँग पनि सम्बन्धित भएकोले यसको असर अन्य धेरै क्षेत्रमा पर्ने उहाँको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू