अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१३ | Colorodo: 07:28

ओलीको पार्टी समाप्त भइसक्यो – अध्यक्ष नेपाल

बिआरटीनेपाल २०७८ मंसिर २१ गते ६:१४ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेको बताउनुभएको छ ।
सुनसरीको इटहरीमा मंगलबार आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेपालले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको जिकिर गर्नुभयो ।

एमालेभन्दा आफ्नो पार्टी देशभर मजबुत बन्दै गइरहेको दाबी गर्दै उहाँले सरकारमा सहभागी दलका अघि ओलीको केही नलाग्ने ठोकुवा गर्नुभयो । अध्यक्ष नेपालले एमालेभित्र रहेका नेताहरूको हविगत निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताउँदै अबका दिनमा राप्रपा, एमाले र लोकतान्त्रिक समाजवादी एक हुने दाबीसमेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू