अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५२ | Colorodo: 19:07

एमालेले चुनाव जिते फासिष्ट शासन आउने मसालको ठहर, ओली हराउन चुनावसम्मै पाँच दलीय गठबन्धन

बिआरटीनेपाल २०७८ मंसिर २० गते ६:४२ मा प्रकाशित

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले आगामी चुनावमा नेकपा एमालेले बहुमत ल्याएमा केपी ओलीले संविधान संशोधन गरेर देशलाई प्रतिगमन र फाशिष्ट शासनमा लैजाने दाबी गर्नुभएको छ । केन्द्रीय समिति बैठकपछि सोमबार प्रेस विज्ञप्ति जारी गर्दै महामन्त्री सिंहले एमालेले चुनाव जितेमा फाशिष्ट शासन कायम हुने खतरा रहको बताउनुभयो ।

ओलीको उद्देशय जसरी पनि चाँडो चुनावमा जाने र जितेर फाशिष्ट अधिनायकवादी शासन चलाउने रहेको सिंहको दावी छ । उहाँले एमालेको महाधिवेशन प्रहसनमात्र भएको र त्यसले केपी ओलीलाई थप शक्तिसाली बनाएकोले ओलीको सम्भावित प्रतिगमन र फासिष्ट शासनको खतरालाई पराजित गर्न पाँच दलीय गठबन्धन बलियो हुनुपर्ने बताउनुभयो ।

सिंहले भन्नुभएको छ, ‘ओलीद्वारा सम्भावित प्रतिगमन र फासिष्ट शासनको खतरालाई पराजित गर्नु अहिलेको राष्ट्रिय आवश्यकता भएको छ । पाँच दलीय गठबन्धनले मात्रै त्यो कार्य, अर्थात ओलीलाई चुनावमा पराजित गर्न र, त्यसरी प्रतिगमन र फासिष्ट शासनलाई रोक्न सक्दछ । त्यो उद्देश्य पूरा गर्नको लागि त्यो बाहेक अन्य कुनै विकल्प छैन । तर, अहिले कैयौँ दिशाबाट त्यो गठबन्धनलाई टुटाउन प्रयत्न भइरहेका छन् । यदि त्यस्तो भयो भने त्यसको अर्थ देशलाई प्रतिगमन र फासिष्ट शासनको मुखमा धकेल्नु नै हुनेछ । त्यसैले हामीले आपसका कैयौँ मतभेदका बाबजुद चुनावसम्म अहिले बनेको गठबन्धनलाई निरन्तरता दिनुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू