अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२० | Colorodo: 17:35

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछ – योगेश भट्टराई

बिआरटीनेपाल २०७८ मंसिर २० गते ६:३५ मा प्रकाशित

नेकपा (एमाले)का सविच योगेश भट्टराईले अब आउने निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभएको छ ।प्रेस चौतारी चितवनले सोमबार भरतपुरमा गरेको पत्रकार भेटघाटमा उहाँले आफ्नो संगठन विस्तारमा एमाले लागिसकेको भन्दै आउने निर्वाचनसम्म संगठनलाई चुस्त बनाउने बताउनुभयो ।

ताजा जनादेशका लागि चाँडै निर्वाचनमा जानुपर्ने भन्दै अबको प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेबीच मात्रै हुने दाबी गर्नुभयो । गठबन्धन सरकारले काम गर्न नसकेको उहाँको आरोप थियो ।न्यायलयको छवि धुमिल भएको, सार्वजनिक खरिद ऐन संशोधन गरेर भ्रष्टाचारतर्फ उन्मुख भएको, प्रदेश सरकारहरू लगाम विनाका घोडा जस्तै हुन पुगेको उहाँको भनाइ थियो ।

प्रदेशहरूले मनपरी ढंगले खर्च गर्ने, मन्त्रालय टुक्राउने गरेको भन्दै एमाले सरकार हुँदा मितव्ययित अपनाएको दावी गर्नुभयो । एमालेको दोस्रो इनिङ सुरु भएको र त्यसका लागि व्याटस्म्यानहरू तयारी अवस्थामा रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू