अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४९ | Colorodo: 16:04

७२ अङ्कले घटेर शेयर बजार राताम्मे, ४ अर्ब ९ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०७८ मंसिर १९ गते ६:३९ मा प्रकाशित

हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७२ दशमलव ३० अङ्कले घटेर दुई हजार पाँच सय १३ दशमलव ८८ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, व्यापार, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ४ दशमलव ५४ प्रतिशतले घटेको छ । त्यस्तै व्यापार ४ दशमलव २९ र विकास बैंक उपसमूहको परिसूचक ४ दशमलव २७, जलविद्युत् ३ दशमलव २९, अन्य र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ ।

साथै बैंकिङ २ दशमलव ३३, होटल तथा पर्यटन २ दशमलव २७, निर्जीवन बीमा २ दशमलव १६ , उत्पादन तथा प्रशोधन २ दशमदज ०८, लघुवित्त २ दशमलव ६४ र जीवन बीमा उपसमूहको परिसूचक २ दशमलव २७ प्रतिशतले घटेको छ । आज दुई सय २६ कम्पनीका ८९ लाख २० हजार कित्ता शेयर चार अर्ब नौ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको २८ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज दुई सय २६ कम्पनीमध्ये दुई सय १४ वटा कम्पनीको शेयर घटेको छ । आईसीएफसी फाइनान्स र सबैको लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू