अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम राप्रपाले नगरोस् – माधव नेपाल

बिआरटीनेपाल २०७८ मंसिर १५ गते ७:२५ मा प्रकाशित

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह गर्नुभएको छ ।

अध्यक्ष नेपालले राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई उठाइ राख्न र नेपाली नागरिकको भावनाअनुसार परिवर्तनको संवाहक शक्तिको रूपमा अघि बढ्न पनि सुझाव दिनुभयो । बुधवारदेखि काठमाण्डौमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा बोल्दै उहाँले नेपालमा जातीय सद्भाव र राष्ट्रिय एकताको भावना रहेको औल्याउँदै त्यहीअनुसार अघि बढेर देशलाई प्रतिगमनतर्फ जान नदिन सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले इतिहास पछाडि नजाने भन्दै अग्रगमनको बाटोबाट अघि बढ्न पनि राप्रपाको नेतृत्वलाई सचेत गराउनुभयो । अध्यक्ष नेपालले वैदेशिक हस्तक्षेपबाट देशलाई जोगाउन नेपालका राजनीतिक दलहरू पनि सचेत भएर अघि बढनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू