अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१४ | Colorodo: 08:29

मुलुकमा वैकल्पिक शक्ति आवश्यकः अध्यक्ष भट्टराई

बिआरटीनेपाल २०७८ मंसिर १२ गते ६:५२ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकका लागि वैकल्पिक शक्तिको खाँचो रहेको बताउनु भएको छ । पार्टीले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले हाल सरकारको नेतृत्व गरिरहेको गठबन्धन दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट रुपान्तरणको अपेक्षा गर्न नसकिने बताउनुभयो ।

प्रचण्ड र माधव नेपाल नेतृत्वको पार्टीसँगको एकताप्रति संकेत गर्दै भट्टराईले वैकल्पिक शक्ति बनाएर जानुपर्ने आसय व्यक्त गर्नुभयो । उहाँले तत्काल सम्भव नभए गठबन्धन गरेरै भएपनि अघि बढ्नुपर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेशको चार दिने भ्रमण अन्तर्गत बुटवल पुग्नु भएका भट्टराईले पछिल्लो समय विभिन्न दलहरुमा नेतृत्व चयनमा देखिएको गतिविधि तथा सर्वोच्च अदालतमा देखिएको हर्कतले मुलुक प्रतिगमनतिर गएको बुझ्न सकिने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू