अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 20:25

कांग्रेस अधिवेशनको मत परिणाम आउने क्रम जारी, २६ जिल्लाको अधिवेशन सकियो

बिआरटीनेपाल २०७८ मंसिर ८ गते ६:४३ मा प्रकाशित

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत क्षेत्रीय अधिवेशन, महाधिवेशन प्रतिनिधि छनोट र जिल्ला अधिवेशनको मत परिणाम आउनेक्रम जारी छ । मंसिर ६ गतेदेखि सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, महाधिवेशन प्रतिनिधि छनोट र एकमात्र निर्वाचन क्षेत्र भएका हिमाली जिल्लाको अधिवेशन सुरु भएको थियो । यस्तै, एकमात्र निर्वाचन क्षेत्र भएका हिमाली र पहाडी जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन भइरहेको छ ।

एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ मध्ये २६ जिल्लाको अधिवेशन सकिएको छ । बुधबार साँझसम्म विभिन्न २६ जिल्ला अधिवेशनको मतपरिणाम आएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार एकमात्र निर्वाचन क्षेत्र भएका १३ जिल्लामा दशैंअघि नै अधिवेशन सम्पन्न भइरहेको छ ।दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा मंसिर १० गते अधिवेशन हुने महाधिवेशन कार्यतालिका छ । बुधबार साँझसम्म सार्वजनिक भएको जिल्ला अधिवेशनको मतपरिणाम अनुसार संस्थापन समूहले १४ र संस्थापन इतर समूहले १२ जिल्लाको नेतृत्व हात पार्न सफल भएका छन् ।

संस्थापन समूहले ताप्लेजुङ, हुम्ला, बझाङ, रामेछाप, मुगु, म्याग्दी, सल्यान, मनाङ, डोल्पा र डडेल्धुरा जिल्लाको नेतृत्व लिन सफल भएको छ । यस्तै, जुम्ला, जाजरकोट, पाँचथर र लमजुङको सभापतिमा पनि संस्थापन पक्षकै नेतृत्व चयन भएको छ ।संस्थापनइतर समूहले संखुवासभा, मुस्ताङ, दोलखा, गोरखा, रुकुमपूर्व, बाजुरा र अर्घाखाँची जिल्लाको नेतृत्व हात पार्न सफल भएको छ ।

यस्तै, प्युठान, बैतडी, भोजपुर र तेह्रथुममा पनि संस्थापनइतर समूहले नेतृत्व लिन सफल भएका छन् । हालसम्म महाधिवेशन प्रतिनिधि र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको मतपरिणाम पनि मिश्रित देखिएको छ । यसैबीच, १४ औं महाधिवेशनका भएको प्रतिनिधि छनौटमा चर्चित नेताहरु नै पराजित भएका छन् । जसमा पूर्वमन्त्री, सांसद, पूर्वसांसद, केन्द्रीय सदस्य, बहालवाला जिल्ला सभापति, उपसभापति, पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव र भातृसंगठन नेविसंघका वर्तमान तथा पूर्वपदाधिकारी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू