अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

चितवनमा सुरक्षा व्यवस्था चुस्त पारिँदै, मंसिर ९ गतेदेखि मालवाहक सवारी सञ्चालनमा रोक

बिआरटीनेपाल २०७८ मंसिर ७ गते ७:०४ मा प्रकाशित

नेकपा (एमाले)को आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा सुरक्षा प्रबन्धलाई चुस्त पारिने भएको छ ।महाधिवेशन उद्घाटन र बन्दसत्र स्थलमा एक हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ ।
नारायणी नदी किनारमा हुने महाधिवेशनको उद्घाटन सत्रलाई लक्षित गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवनको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

जिल्लामा विद्यमान जनशक्ति अपर्याप्त हुने जनाउँदै थप सुरक्षाकर्मी माग गरिएको दुवै जिल्लाका सुरक्षा निकायका प्रमुख बताएका छन् ।महाधिवेशनका लागि नवलपुरको गैंडाकोटमा मात्रै नेपाल प्रहरीको एक सय, चितवनतर्फ ८ सय सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ४ सय ५० र राष्ट्रिय अनुसन्धानका ९० सुरक्षाकर्मी परिचालन हुँदैछन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले महाधिवेशनलाई लक्षित गर्दै थप जनशक्ति प्रदेश प्रहरी कार्यालय पोखरासँग माग गरिएको जानकारी दिनुभयो ।नवलपुरभन्दा पश्चिमबाट महाविधेशनमा सहभागी हुन आउने सवारी साधनलाई गैंडाकोटमा रोकिने जनाउँदै उहाँले नदी किनारसहितका स्थानलाई पार्किङस्थलको रूपमा प्रयोग गर्ने बताउनुभयो ।

मंसिर ९ गते रातिबाट नै पूर्व–पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डमा मालबाहक सवारीसाधन सञ्चालनमा रोक लगाउने गरी काम भइरहेको छ । महाधिवेशन उद्घाटन र बन्दसत्र स्थानमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिनुभयो ।

प्रजिअ तामाङले महाधिवेशन उद्घाटनका दिन मङ्सिर १० गते विहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालयबाट पश्चिमतर्फ महाधिवेशन उद्घाटनस्थल नारायणगढसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइने बताउनुभयो । महाधिवेशनका लागि प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा नेपाल प्रहरीको टोली परिचालन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू