अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५० | Colorodo: 20:05

कात्तिक महिनामा साढे २ सय व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनाबाट पीडित

बिआरटीनेपाल २०७८ मंसिर ७ गते ७:०१ मा प्रकाशित

साँढे २ सय व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनाबाट पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ । कात्तिक महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले कात्तिक महिनामा १ सय ४ जना महिला र १ सय २७ पुरूष गरी २ सय ३१ जना पिडित भएका जनाएको हो ।

बागमती प्रदेशमा १ सय ३४, प्रदेश १ मा २२, लुम्बिनी प्रदेशमा २१, प्रदेश २ मा २०, कर्णाली प्रदेशमा १८, गण्डकी प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा दुई जना पीडित भएको विश्लेषणमा उल्लेख छ । कात्तिक महिनामा प्रहरीले १५ जना महिलासहित १ सय १९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यो अवधिमा १३ जना घाइते, अमानवीय व्यवहारबाट एक जना, दुव्र्यवहारको घटनामा एक जना, जातीय विभेदको घटनामा एक जना र बम विष्फोटनमा परी दुई जना घाइते भएको इन्सेकले जनाएको छ । कात्तिक महिनामा बाल अधिकार उल्लङ्घनका घटनामा ३४ जना बालबालिका र महिला अधिकार उल्लङ्घनका घटनामा ४७ जना महिला पीडित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू