अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१३ | Colorodo: 19:28

प्रधानन्यायाधीश जबराले अदालत छोड्नुपर्छ – नेता कर्ण

बिआरटीनेपाल २०७८ मंसिर ६ गते ६:५२ मा प्रकाशित

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अदालत छोडेर जानुपर्ने बताउनुभएको छ ।सोमवार नेपाल बार एसोसिएशनले बुझाएको ज्ञापन पत्र लिँदै प्रमुख सचेतक कर्णले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अदालत छोडेर जानुपर्ने बताउनुभएको हो । उहाँले अदालतमा बार सम्बद्ध कानुन व्यवसायीमाथि भएको प्रहरी दमनप्रति आपत्ति जनाउनुभयो । प्रमुख सचेतक कर्णले नेपालको इतिहासमै यो अद्भूत अकल्पनीय घटना भएको बताउनुभयो ।

प्रमुख सचेतक कर्णले भन्नुभयो, ‘यो मेरो व्यक्तिगत विचार हो, उहाँले अदालत छोडेर अघि बढ्नुपर्छ, उहाँलाई एउटा कस्टमा प्रधानन्यायाधीश बनाइएको हो, नेतृत्वविहीन सर्वोच्च अदालत नबनाउने कस्टमा नै बनाइएको हो, उहाँलाई नदिँदा अर्को व्यक्ति नै थिएन, त्यो नभएको कारणले गर्दा सर्वोच्च जस्तो निकाय नेतृत्वविहीन हुन्छ भन्ने राम्रो लागेन हाम्रो कमिटीलाई, पहिला मान्छेले नसोचेको कुरा पछि देखिन्छ ।’

उहाँले सर्वोच्च अदालतमा न्यायाधीशहरूमाथि आक्रमण हुनु, बारले गरेका कार्यक्रममा प्रहरीको हस्तक्षेप हुनु दुर्भाग्य भएको बताउनुभयो । नेपाल बार एसोसिएशनका पदाधिकारीहरूले आज लोसपासहित अन्य दलहरूलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू