अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

पत्रकार पार्टीको प्रतिनिधि र सदस्य बने महासंघले कारबाही गर्ने

बिआरटीनेपाल २०७८ मंसिर ५ गते ६:४० मा प्रकाशित

नेपाल पत्रकार महासंघले पत्रकारहरू पार्टीका प्रतिनिधि र सदस्य बनेको पाइएमा कारबाही गर्ने बताएको छ। पार्टी प्रतिनिधि र सदस्य बनेकालाई महासंघले सदस्यता नै खारेज गर्ने चेतावनी दिएको छ। पत्रकार महासंघका पदाधिकारी, सदस्य र साधारण सदस्य विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेको खबर आइरहेका छन्।

पत्रकारहरू दलमा आवद्ध भएकोबारे महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीहरूमा अहिले धमाधम चुनाव हुने वा प्रतिनिधि चयन हुने क्रम जारी रहेको अवस्थामा समाजका विभिन्न क्षेत्रबाट आएका आलोचना तथा टीकाटिप्पणीलाई महासंघ केन्द्रीय समितिले गम्भीर रूपमा लिएको छ,’ महासचिव रोशन पुरीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उहाँले महासंघको विधानअनुसार ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी र सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन’ भन्ने कुरा व्यवस्था गरेको समेत उल्लेख गर्नुभएको छ ।

राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्ने चेतावनी महासंघको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू