अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 19:43

राजनीतिक स्थायित्वसहतिको समुन्नत र समृद्ध नेपाल निर्माण नेपालको प्राथमिकता – उपराष्ट्रपति पुन

बिआरटीनेपाल २०७८ मंसिर ३ गते ६:४३ मा प्रकाशित

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको प्राथमिकता स्थायी शान्ति, दिगो विकास, राजनीतिक स्थायित्वसहतिको आर्थिक, सामाजिक रुपान्तरण,समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु भएको बताउनुभएको छ ।शुक्रवार काठमाडौंमा आयोजित ग्लोवल युथ लिडरशीप समिट २०२१ को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपालको अबको प्राथमिकता स्थायी शान्ति, दिगो विकास, राजनीतिक स्थायित्वसहतिको प्रत्येक नेपाली जनताको आर्थिक, सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु भएको बताउनु भएको हो ।

उहाँले नेपालको प्राकृतिक सौन्दर्यता पर्यटकहरुलाई देखाउन चाहेको भन्दै र विभिन्न धर्मावलम्बीहरुका आस्थाका केन्द्रहरुलाई धार्मिक पर्यटन गन्तव्यका रुपमा विकास गर्न खोजिरहेको बताउनुभयो । उपराष्ट्रपति पुनले सरकार देशभित्रका नदीनालाबाट जलविद्युत उत्पादन गरेर निर्यात गर्न, कृषि लगायतका क्षेत्रमा आत्मनिर्भर बन्दै औद्योगिक विकासमार्फत् युवाहरुका लागि रोजगारी सिर्जना गर्न खोजिरहेको बताउनुभयो । उहाँले युवाका साझा समस्यालाई साझा ढंगले नै समाधान गर्नुपर्ने बताउनुभयो ।

उहाँले मानव जातीको कल्याण र सभ्य तथा आदर्श समाज निर्माणका लागि उत्कृष्ट योगदान दिन युवाहरु लगि पर्ने विश्वास लिएको बताउनुभयो । मानव जातीलाई नयाँ आशा दिलाउने, नयाँ उत्साह पैदा गर्ने, नयाँ नयाँ खोज, आविष्कार गर्ने तथा इतिहासका हरेक परिवर्तनको नेतृत्व गर्ने युवाहरु नै भएको बताउँदै उहाँले युवाहरुको जोश, सुजबुझ र नेतृत्वबाट मात्रै इतिहासका हरेक परिवर्तन सम्भव भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू