अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

कर्णालीका मुख्यमन्त्री शाहीले मंसिर १४ गते बिश्वासको मत लिने

बिआरटीनेपाल २०७८ मंसिर ३ गते ६:३४ मा प्रकाशित

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभाबाट बिश्वासको मत लिने तयारी गर्नुभएको छ। मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि मुख्यमन्त्री शाहीले बिश्वासको मत लिन लाग्नुभएको हो । बिश्वासको मत प्रयोजनका लागि १४ मंसिरमा कर्णाली प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले बिश्वासको मत लिने प्रयोजनका लागि १४ मंसिरमा प्रदेशसभा अधिवेशन आह्वान गर्नुभएको हो ।प्रदेशसभा सचिवालयले १४ मंसिर अपरान्ह १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको कर्णाली प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

शाही १६ कात्तिकमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री भएको लामो समयसम्म पनि शाहीले मन्त्रिमण्डलको पूर्णता दिन सक्नुभएको छैन । मुख्यमन्त्री शाहीले कांग्रेसका लागि मुख्यमन्त्रीसहित चार मन्त्रालय आफूसँगै राख्न चाहनुभएको छ भने माओवादीले सबैभन्दा ठूलो दल भएका कारण चार मन्त्रालय माग गरिरहेको छ । एकीकृत समाजवादीले विगतको सम्झौता अनुसार तीन मन्त्रालय पाउनु पर्ने माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू