अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५८ | Colorodo: 19:13

‘१२ कक्षाको नतिजा प्रकाशनमा ढिलाइ भो, गम्भीर बन्नुस्’– शिक्षामन्त्री पौडेल

बिआरटीनेपाल २०७८ मंसिर ३ गते ६:३१ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कक्षा १२ को नतिजा प्रकाशनमा गम्भीर बन्न कर्मचारीलाई दिर्नेशन दिनुभएको छ । शुक्रबार अनुगमनका लागि सानोठिमी पुग्नुभएका मन्त्री पौडेलले राष्ट्रिय परीक्षा बोर्डलाई कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको स्मरण गराउँदै गम्भीर बन्न निर्देशन दिनुभयो ।

मन्त्री पौडेलले परीक्षा अगावै प्रश्नपत्र बाहिरिने गरेको गुनासो आएको भन्दै संवेदनशील बन्न आग्रह गर्नुभयो । उहाँले बोर्डमा देखिएका समस्याहरूको टिपोर्ट गरी समाधानका उपायसहित मन्त्रालयमा आउन मन्त्रीले निर्देशन दिनुभयो ।

यस्तै, मन्त्री पौडेलले जनक शिक्षा सामग्री केन्द्रलाई समयमै विद्यार्थीको हातमा किताब पुरयाउन निर्देशन दिनुभयो ।अनुगमनका लागि पुग्नुभएका मन्त्री पौडेलले मौजुदा मेसिनबाटै काम गरेर समयमै विद्यार्थीको हातमा किताब पुर्याउने गरी काम गर्न निर्देशन दिनुभयो ।

पुराना मेसिनहरूको तथ्याङ्क संकलन गरी मन्त्रालयमा ल्याउन अह्राउनुभएका उहाँले कक्षा १२ सम्मका पाठ्यपुस्तक छाप्न जनक शिक्षालाई नै दिनुपर्ने बताउनुभयो । गुणस्तरिय छपाइ, ढुवानीमा सहजता र विद्यार्थीको हातमा एकै पटक पुस्तक पुर्याउन जनक शिक्षाले तदारुकताका साथ काम गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू