अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

राप्रपाको महाधिवेशन ५ दिन पर धकेलियाे

बिआरटीनेपाल २०७८ मंसिर २ गते ५:३९ मा प्रकाशित

पटक–पटक महाधिवेशनको मिति सारेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)काे महाधिवेशन ५ दिन पर धकेलिएको छ । मंसिर ११ देखि १३ सम्म महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले त्यसलाई संशाेधन गर्दै मंसिर १६ देखि १८ गतेसम्म गर्नेगरी नयाँ मिति तोकेको हो ।

महाधिवेशनको तयारी नपुगेको भन्दै पूर्व निर्धारित कार्यतालिका हेरफेर गरेर ५ दिन पर सारिएको राप्रपा नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । २०७६ फागुनमा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा(संयुक्त) बीच पार्टी एकीकरण भएको थियो ।

त्यतिबेला एकीकृत राप्रपाको महाधिवेशन डेढ वर्षभित्र गर्ने बताइएको थियो । तर, कोरोनाको कारण देखाउँदै महाधिवेशन पटक-पटक सारिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू