अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

वैदेशिक रोजगार कार्यालयमा श्रममन्त्रीको अनुगमन

बिआरटीनेपाल २०७८ मंसिर १ गते ७:३० मा प्रकाशित

श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय पुगेर अनुगमन गर्नु भएको छ । जनमानसमा यस कार्यालयबाट हुने विभिन्न सेवा प्रवाहहरू प्रभावकारी नभएको भन्दै जनगुनासो बढेपछि मन्त्री श्रेष्ठ बुधबार आकास्मिक रूपमा अनुगमनका लागि कार्यालमै पुग्नु भएको हो ।

अनुगमनमा पुग्नस भएका मन्त्री श्रेष्ठले कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन साथै सेवाग्राहीलाई सास्ती नदिन कर्मचारीलाई निर्देशन दिनु भएको छ ।

त्यस्तै उहाँले कुनै नीतिगत समस्या वा कानुनी अल्झन परेमा त्यसको समाधानका लागि मन्त्रालय सधैँ तत्पर रहेको समेत बताउनु भयो । कार्यालयमा हुने गरेको टोकन सिष्टमको समस्या तुरुन्तै हल गर्न पनि उहाँले निर्देशन दिनु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू