अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२९ | Colorodo: 19:44

आफूहरू अरु न्यायाधीशसँगै रहेको सर्वोच्चका पाँच न्यायाधीशको भनाइ

बिआरटीनेपाल २०७८ मंसिर १ गते ७:२२ मा प्रकाशित

सर्वोच्च अदालतका पाँच न्यायाधीशले आफूहरू अरु न्यायाधीशहरूसँगै रहेको बताएका छन् । नेपाल बार र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरूसँग आज भएको भेटमा पाँच न्यायाधीशले न्यायसेवा प्रदान गर्ने क्रममा अनिर्णय भयो भन्ने विषयमा आफूहरू चिन्तित भएको बताएका छन् ।

भेटमा सहभागी सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले अरु विषयमा अन्य न्यायाधीशको मतमा एकमत रहेको बताउनुभयो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट न्यायालयको नेतृत्त्व हुन नसक्ने निष्कर्षका साथ सर्वोच्च अदालतका न्यायाधीशले झण्डै एक महिनादेखि नियमित मुद्दा हेरेका छैनन् ।

तर, सोमबार तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडालले न्यायाधीशहरूको छलफलबाट अलग भएको बताएका थिए । सर्वोच्च बारका सचिव घिमिरेले न्यायाधीशहरूले सर्वोच्चका १९ न्यायाधीश एक ठाउँमा रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू