अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

मालेको महासचिवका फेरि सीपी निर्वाचित

बिआरटीनेपाल २०७८ कार्तिक २९ गते ६:३६ मा प्रकाशित

नेकपा मालेको महासचिवमा फेरि सीपी मैनाली नै निर्वाचित हुनुभएको छ । सोमबार चितवनमा सम्पन्न आठौं महाधिवेशनले मैनालीलाई महासचिवमा चयन गरेको हो ।महाधिवेशनले मैनालीको नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । जसमा ५८ जना सदस्य चयन भइसकेका छन् भने बाँकी चयन गर्ने तयारी भइरहेको सो पार्टीले जनाएको छ ।

पोलिटब्यूरो र स्थायी कमिटी भने केन्द्रीय कमिटिको आगामी बैठकले चयन गर्नेछ । महाधिवेशनमा देशभरबाट ३ सय ५० जना प्रतिनिधि सहभागी भएका थिए । वि. सं २०३५ साल पुस ११ मा स्थापना भएको नेकपा मालेको संस्थापक महासचिव मैनाली नै रहनु भएको थियो । २०३९ सम्म मैनाली महासचिव रहनु भयो । २०४७ सालमा अरु कम्युनिष्ट घटक र मालेबीच एकीकरण भएर नेकपा ९एमाले० गठन भएको थियो । त्यसपछि मैनाली पनि एमालेमै जानुभएको थियो ।

२०५४ फागुनमा बामदेव गौतमले एमाले फुटाएर नेकपा माले गठन गरेपछि मैनाली पनि बामदेव गौतमसँगै मालेमै लाग्नुभएका थियो । तर, २०५८ फागुनमा गौतमलगायतका नेताहरू फेरि एमालेमा फर्किए पनि मैनाली भने एमालेमा नफर्किएर मालेमै रहनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू