अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०९ | Colorodo: 16:24

“किन लाग्यो इन्द्रेणी” गीतको भिडियो रिलिज

बिआरटीनेपाल २०७८ कार्तिक २८ गते ८:१० मा प्रकाशित

मिति २०७८/७ /२७ गते काठमाडौँ स्थित मेगा कलेजको सभा हलमा “किन लाग्यो इन्द्रेणी” गीतको भिडियो रिलिज भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्री र वरिष्ठ व्यक्तित्व अशेष मल्लको हातबाट भिडियो रिलिज भएको हो ।

डा. रेणुका सोलुको शब्द, आर.सी. थापाको सङ्गीत अनि स्वरूपराजको स्वरमा तयार भएको उक्त गीतको भिडियो रिलिज कार्यक्रममा दोलखा-जापान सेवा समाजका निवर्तमान अध्यक्ष नवराज थापा, डेमोक्रेटिक सोसाइटी कीर्तिपुरका अध्यक्ष बलबहादुर थापा, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका कोषाध्यक्ष कुलराज थापा, समाजसेवी अनन्ता थापा, सगरमाथा प्रतिभा प्रतिष्ठानका महासचिव केशवदेव गिरी, गायक तिलक बस्नेत, कलाकार प्रकाश बस्नेत, सञ्चारकर्मी शिखर गजारकोटे, धनवल राई, रक्षा थापा बस्नेत, अङ्कित खड्का, अनुप न्यौपाने, उमेश पोखरेल, चे शङ्कर, पुरन ओली, मिलन कार्की, अभिषेक चित्रकार, आयुष कार्की, लगायतको उपस्थिति थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा प्रसिद्ध नाटककार अशेष मल्लले – कलाकार रक्षा थापा बस्नेत नेपाली कला क्षेत्रमा अत्यन्तै आसलाग्दो कलाकार भएको कुरा बताउनुभयो र कलाकारको भविष्य सुन्दर रहेको कुरा पनि बताउनुभयो । त्यसै गरी नयाँ पुस्ता अझ छोरी पुस्तालाई हरेक क्षेत्रमा अगाडि बढ्न हौसला दिनुपर्ने र अबको संसार हाँक्न छोरीहरूमनि तयार हुनुपर्ने कुरा जोड्दै यो गीतको शब्द, सङ्गीत, अभिनय त्रिवेणीको रूपमा तिन वटै पक्ष अत्यन्तै उत्कृष्ट रहेको र अझै उत्कृष्ट कर्म गरिरहन छोरी पुस्तालाई शुभाशिष् दिँदै गीता खत्रीले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया