अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२६ | Colorodo: 07:41

शेयर बजार केही सम्हालियो, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

बिआरटीनेपाल २०७८ कार्तिक २८ गते ६:४३ मा प्रकाशित

पछिल्ला दिन निरन्तरजसो उच्च गिरावट आउँदै गएको शेयर बजार आइतबार भने केही सम्हालिएको छ । उतार चढावबीच यस दिन बजार परिसूचक नेप्से मात्र डेढ अंकले ऋणात्मक रहेर २६ सय ८८ कायम भएर थामियो । मध्यान्ह नेप्से सकारात्मक रहेर २७ सय पुगेपनि बृद्धि धेरै समय टिक्न सकेन । कारोबार ४ अर्ब १० करोड हाराहारीमा सीमित रह्यो । लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको विश्लेषण गरिएको छ ।

यस दिन ६ वटा समूह ओरालो लाग्दा ७ वटा समूह उकालो लागे । यस दिन विकास बैंक, उत्पादनमूलक, अन्य, वित्त, निर्जीबन बीमा, होटल तथा पर्यटन र लघुवित्त समूह हरियो रहे । विकास बैंक समूह सबैभन्दा उच्च १ सय ६५ अंकले उकालो लाग्यो भने अरु पनि अधिकांश दोहोरो अंकले सकारात्मक रहे ।

जीवन बीमा, व्यापार, वाणिज्य बैंक, जलविद्युत, सामुहिक लगानी कोष र लगानी समूह रातो रहे । जीवन बीमा र व्यापार समूह दोहोरो अंकले ऋणात्मक रहेपनि अरु सामान्य अंकले मात्र रातो रहेका हुन् । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३० कम्पनीको ७४ लाख ३४ हजार कित्ता शेयर ४ अर्ब १० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू