अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२२ | Colorodo: 23:37

नेपालमा ३०६ जना कोरोना संक्रमित थपिँदा ६ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ कार्तिक २८ गते ६:४३ मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर ३०६ जना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा ८ हजार ८ पीसीआर र १ हजार ५९८ एन्टिजेन परीक्षण गर्दा ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ ।गत २४ घण्टामा ३४८ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११३ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू