अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

नेकपा मालेको महाधिवेशन चितवनमा हुने

बिआरटीनेपाल २०७८ कार्तिक २५ गते ७:२२ मा प्रकाशित

नेकपा (माले)को आठौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । बिहीबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका स्थायी समिति सदस्य तथा अधिवशेन मूल व्यवस्थापन समिति संयोजक दिनानाथ घिमिरेले कात्तिक २७ देखि २९ गतेसम्म महाधिवेशन हुने जानकारी दिनुभयो । नारायणगढ नारायणी कला मन्दिरमा महाधिवेशनको उद्घाटन र बन्दसत्र हुने छ ।

महाधिवेशनबाट आठ वटा दस्तावेज पारित र नेतृत्व चयन गर्ने कार्यक्रम छ । पार्टी नीति प्रधान रहने हुँदा अहिलेसम्म पार्टीमा महासचिव सीपी मैनालीकै नीतिप्रति एकमत जस्तै रहेकोले नेतृत्व परिवर्तनको सम्भावना नरहेको घिमिरेले बताउनुभयो । महाधिवेशनले केन्द्रीय सदस्य चयन गर्ने छ ।

केन्द्रीय सदस्यहरूले एक महासचिव, पार्टीको स्थायी समिति, पोलिटब्युरो र २० वटा विभागको नेतृत्व तोक्ने घिमिरेले जानकारी दिनुभयो । अहिले मालेको केन्द्रीय समिति ६८ जना, पोलिटब्युरो २१ र स्थायी समिति ११ जनाको छ । अधिवेशनबाट परिवर्तन नभए यही संख्यामा नै नयाँ समिति बन्ने छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले पनि आउँदो मंसिर १० देखि चितवनमै १० औं महाधिवेशन गर्दै छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू