अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध ६ विद्यार्थी सङ्गठनद्वारा सङ्घर्षको कार्यक्रम घोषणा

बिआरटीनेपाल २०७८ कार्तिक २५ गते ७:१० मा प्रकाशित

नेपाल आयल निगमले गरेको मूल्य वृद्धिविरुद्ध ६ वटा विद्यार्थी सङ्गठनले सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् । अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियनलगायतका विद्यार्थी सङ्घगठनले सङ्घर्षका कार्यक्रम घोषणा गरेका हुन । उनीहरूले संघर्षका कार्यक्रम अन्तर्गत पहिलो दिन आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई ज्ञापन पत्र बुझाएका छन् ।

भोलि बिहान ९ देखि ११ बजेसम्म आयल निगमका महाप्रबन्धक लगायत कर्मचारीहरुलाई प्रवेश निषेध तथा घेराउ गर्ने कार्यक्रम तय भएको विद्यार्थी संगठनले निकालेको विज्ञप्तीमा उल्लेख छ । कात्तिक २८ गते प्रदर्शनी मार्गमा दिउँसो २ बजे खाली सिलिन्डरसहित प्रदर्शन, कात्तिक ३० गते देशभर आयल निगमको कार्यलयमा कालो ब्यानर राखेर विरोध प्रदर्शन र मंसिर २ गते माइतीघर मण्डलामा सडक बहस गर्ने उनीहरूले तय गरेका छन् ।

निगमले १२ दिनको अन्तरालमा पेट्रोलियम पदार्थको मूल्य बढाएपछि विद्यार्थी सङ्गठनले आन्दोलनको घोषणा गरेका हुन् । निगमले गएरातिदेखि लागु हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर तीन–तीन रुपैयाँ बढाएको हो । खाना पकाउने एलपी ग्याँसको मूल्य पनि प्रति सिलिण्डर ७५ रुपैयाँ बढाएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर एक सय ३६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रति लिटर १ सय १९ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास प्रति सिलिण्डर एक हजार ५ सय ७५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू