अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

भारतीय राष्ट्रपति कोविन्दद्वारा नेपालका प्रधानसेनापति शर्मा भारतीय सेनाको मानार्थ महारथी उपाधिले सुशोभित

बिआरटीनेपाल २०७८ कार्तिक २४ गते ७:०९ मा प्रकाशित

भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय सेनाको मानार्थ महारथिको उपाधि प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा बुधबार आयोजित विशेष कार्यक्रमबीच शर्मालाई उक्त उपाधि प्रदान गरिएको हो। भारतीय स्थल सेनाध्यक्ष एमएम नरवाणेको औपचारिक निमन्त्रणामा शर्माले मंगलबारदेखि भारत भ्रमण गर्नुभएको छ ।

भारत र नेपालका सेनाध्यक्षले एक अर्काको देशमा गएर मानार्थ उपाधि लिने चलन छ। सन् १९५० देखि यो चलन सुरु भएको हो। शर्मा गत भदौमा प्रधानसेनापति नियुक्त हुनुभएको थियो । उहाँले भारत भ्रमणका क्रममा भारतीय रक्षा सचिव अजय कुमार, चिफ अफ आर्मी स्टाफ विपीन रावत, एयर चिफ मार्सल भीआर चौधरीलगायतसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ। शर्मा शनिबार स्वदेश फर्कनुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू