अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

व्यवसायीलाई दुःख नदिन गृहमन्त्री खाँणको निर्देशन

बिआरटीनेपाल २०७८ कार्तिक २३ गते ७:३३ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायको लागि सहज वातावरण बनाइदिन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । मंगलबार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझ्दै मन्त्री खाँणले कारोनाको कारणले अर्थतन्त्र शिथिल भइरहेको बताउँदै उद्योग व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो ।

उहाँले उद्योग क्षेत्रमा राष्ट्रव्यापी रुपमा समस्याहरु देखापरेको र ती समस्याहरुलाई समाधान गर्न वर्तमान सरकार तत्पर रहेको बताउनुभयो । मालसमान ल्याउने क्रममा व्यापारीहरुलाई अनावश्यक रुपमा दुःख नदिन सुरक्षा निकायका प्रतिनिधिहरुलाई उहाँले आग्रह समेत गर्नुभयो ।मन्त्री खाँणले भाषा, संस्कृतिको विकासको लागि समेत सरकार गम्भीर रहेको र सबै भाषा र संस्कृतिलाई सरकारले सम्मान गरेको पनि बताउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू