अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३४
| Colorodo: 01:49
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समन्वय समितिले सरकारलाई हस्तक्षेप नगर्ने बताउनुभएको छ ।पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक समेत रहेका नेता पौडेलले सरकार, जनता र संसदप्रति उत्तरादायी निर्वाचित संस्था भएकाले समितिले सरकारको काममा हस्तक्षेप नगर्ने प्रष्ट गर्नुभयो ।
वर्तमान राजनीतिक व्यवस्था र लोकतन्त्र सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले त्यसैको समन्वय गर्न समिति बनाइएको बताउनुभयो । नेता पौडेलले समितिको संयोजकका रुपमा आफू क्रियाशील रहेपनि कांग्रेस भित्रको आन्तरिक राजनीतिमा सभापति शेरबहादुर देउवासँगको लडाइँ भने कायमै रहने बताउनुभयो ।