अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म सरकार स्थिर बन्न सक्दैन – डा. भट्टराई

बिआरटीनेपाल २०७८ कार्तिक २३ गते ७:१७ मा प्रकाशित

जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताउनुभएको छ । गोरखाको शहीद लखन गाउँपालिकाको घैरुङमा आज मङ्गलवार आयोजित जनभेटघाट कार्यक्रममा डा. भट्टराईले अहिलेको शासन प्रणालीले देशमा जति सरकार बने पनि स्थिर सरकार बन्न नसक्ने बताउनुभएको हो ।

उहाँले असल व्यक्ति नआएसम्म देशमा परिवर्तन सम्भव नहुने बताउनुभयो । डा. भट्टराईले माओवादीलगायतका दलहरूले अहिलेको संविधानमा सबैथोक पुग्यो भन्नु यथार्थ नभएको भन्दै अहिलेको संविधान पूर्ण नभएको बताउनुभयो ।

अहिलेको नेपालको सङ्घीयता आफूहरूले खोजेको जस्तो सङ्घीयता नभएको पनि अध्यक्ष डा. भट्टराईको भनाइ छ । ‘विभिन्न जातजाति, भाषा र समुदायले बनेको देश हो, सङ्घीयता भनेको आफ्नो भाषा, इतिहास थातथलो मिल्ने गरी भौगोलिक सीमाङ्कन गरिएको हुनुपर्छ, देश ठूलो भएकाले काँक्रो चिरे जस्तो चिर्ने भन्ने मात्र सङ्घीयता होइन’, डा. भट्टराईले भन्नुभयो, ‘जातीय र भाषिक विविधता भएको देशमा त्यहीअनुसार सीमाङ्कन हुनुपथ्र्याे ।’

अर्को प्रसङ्गमा उहाँले हिजोका माओवादी एकता आवश्यक भए पनि पुरानै अवस्था नभइ पुराना माओवादी नयाँ ठाउँमा आएर एकता हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू