अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

शेयर बजारमा दोहोरो अंकको गिरावट, अधिकांश समूह राताम्मे

बिआरटीनेपाल २०७८ कार्तिक २२ गते ६:०६ मा प्रकाशित

तिहार विदापछिको पहिलो शेयर कारोबारमा दोहोरो अंकको गिरावट आएको छ ।सोमबार कारोबार सुरु भएको केही समय सकारात्मक रहेर नेप्से २८ सय ६० सम्म पुगे पनि वृद्धि धेरै बेर टिक्न सकेन । केही समयमै ओरालो लाग्दै नेप्से उतार चढावकाबीच १९ अंकले ऋणात्मक रहेर २८ सय ३० कायम भएर थामियो ।कारोबार पनि साढे ४ अर्ब तलै खुम्चियो । वित्त, सामूहिक लगानी कोष र लगानी समूह बाहेक अरु सबै समूह रातो रहे ।

बीमा समूह दुबै सय अंक बढीले ओरालो लागे । अरु पनि सबै समूह दोहोरो अंकले ऋणात्मक रहे । वित्त समूह २१ अंकले सकारात्मक रहे पनि अरु दुई समूह नगन्य अंकले मात्र हरियो रहेका हुन् । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३० कम्पनीको ७२ लाख कित्ता शेयर ४ अर्ब ४२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू