अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

पुनः चीन अध्ययनका लागि विद्यार्थी जाने व्यवस्था मिलाउन विद्यार्थी संगठनको माग

बिआरटीनेपाल २०७८ कार्तिक १६ गते ७:४० मा प्रकाशित

कोरोनाका कारण नेपाल फर्किएका विद्यार्थीलाई पुनः चीनमै गएर पढ्ने वातावरण मिलाउन विद्यार्थी संगठनहरुले माग गरेका छन् ।चीन लगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जाने व्यवस्था तत्काल मिलाउन माग गर्दै विभिन्न विद्यार्थी संगठनले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ज्ञापनपत्र बुझाएका छन् ।

विभिन्न विद्यार्थी संगठनले सिंहदरवारमा परराष्ट्रमन्त्री खड्कालाई ज्ञापन पत्र बुझाउँदै विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जान नपाएका विद्यार्थीहरुलाई जाने व्यवस्था मिलाउन माग गरेका हुन् । परराष्ट्रमन्त्री खड्काले अध्ययनका लागि विद्यार्थी जान नपाउनु मानवीय समस्या भएको बताउनुभयो । उहाँले छिटै नै विदेश अध्ययनका लागि जाने व्यवस्था मिलाउने आश्वासन दिनुभयो ।

मन्त्री खड्काले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न नुहने बताउँदै सरकारले विद्यार्थीको भविष्य बनाउन भूमिका खेल्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू