अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:००
| Colorodo: 21:15
पछिल्लो २४ घण्टामा देशभर ४६९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २८७ जनामा भएको परीक्षणमा ४६९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै थप ५५५ जना सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १३ हजार ४३३ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ६७४ जना पुगेको छ ।
सङ्क्रमित मध्ये ७ लाख ९२ हजार ८३२ जना निको भएका छन् भने ११ हजार ४२७ जनाको मृत्यु भएको छ ।